बिहीबार, वैशाख ६, २०८१
16:17 | २१:०२

इङ्ल्यान्डमा तीन तहको नयाँ लकडाउन घोषणा हुँदै

संक्रमण दरका आधारमा क्षेत्रगत लकडाउन

नेपाली लिङ्क अक्टोबर १२, २०२०

लन्डन । कोरोना भाइरसको संक्रमण तीव्र बढ्दै गएपछि इङ्ल्यान्डमा पुन: लकडाउन घोषणा हुने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार अपरान्ह जोखिम र संक्रमण दरका आधारमा क्षेत्रगत आधारमा लागू गरिने तीन तहको लकडाउन घोषणा गर्दैछन् ।  

प्रधानमन्त्री जोन्सनले घोषणा गर्ने तीन तहको लकडाउनअन्तर्गत संक्रमण निकै उच्च रहेको क्षेत्रमा सबैभन्दा धेरै प्रतिबन्धहरु लागू हुनेछन्  त्यस्तै, संक्रमण उच्च र मध्यम रहेका क्षेत्रहरुमा तहगत रुपमा केही खुकुलो नियम लागू हुनेछन् ।  

सरकारले संक्रमणको फैलावट र जोखिमका हिसाबले मध्यम, उच्च र अति उच्च गरी तीन तहमा राखेर सोहीअनुसार फरक फरक तहका लकडाउन लागू गर्ने तयारी गरेको छ ।  

हरेक १ लाख जनसंख्यामा १ सय भन्दा कम संक्रमित रहेको क्षेत्रलाई मध्यम, १ सय बढी संक्रमित रहेको क्षेत्रलाई उच्च र संक्रमण निकै उच्च रहेको क्षेत्रलाई अति उच्च अलर्ट लेभलमा राखिनेछ ।  

अहिले संक्रमण उच्च रहेको आधारमा लिभरपुल शहर क्षेत्रमा सबैभन्दा कडा लकडाउन गरिने बताइएको छ ।  पछिल्लो सातासम्मको तथ्यांकअनुसार त्यस क्षेत्रमा हरेक १ लाझ मानिसहरुमा ६ सय जनामा संक्रमण भएको छ । तर इङ्ल्यान्डभर संक्रमणको औसत दर हेर्दा एक लाखमा ७४ जना संक्रमित छन् ।  

सोमबार घोषणा हुने लकडाउनले सबैभन्दा बढी क्यासिनो, जीमखाना, पब लगायतका व्यवसाय प्रभावित हुने ठानिएको  छ ।  

लकडाउनका नियमहरुमा हरेक एक महिनामा पुनर्विचार हुँदै जाने सरकारले बताएको छ ।  

सोमबार साँझ ६ बजे हुने ‘डाउनिङ स्ट्रीट प्रेस कन्फरेन्स’ अघि नै प्रधानमन्त्री जोन्सनले ‘हाउस अफ कमन्स’ मा लकडाउनसम्बन्धी घोषणा गर्नेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू