सोमबार, १४ जुलाइ, २०२५
22:02 | ०२:४७

तमुधिं यूकेको सहयोगमा सिन्धुलीमा निर्मित खानेपानी ट्यांकी हस्तान्तरण

नेपाली लिङ्क जुलाइ १४, २०२५

लन्डन- तमुधिं यूकेको आर्थिक सहयोगमा सिन्धुलीमा निर्मित खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ ।

सिन्धुलीको गोलन्जोर ४ सिउरेनीमा सिँचाइ पोखरी र भोक्टेघारी–काउलेमा खानेपानी ट्याङ्की निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, वडाध्यक्ष भक्तबहादुर भुजेल लगायतको उपस्थितिमा आइतबार खानेपानी ट्यांकी हस्तान्तरण गरिएको हो ।

परियोजनाका लागि तमुधिं यूकेले १० लाख रुपैयां आर्थिक सहयोग गरेको थियो । स्थानीय तहको तर्फबाट परियोजनालाई विभिन्न सामग्री सहयोग गरिएको थियो ।

परियोजनाको संयोजन वरिष्ठ पत्रकार डण्ड गुरूङले गरेका थिए । संयोजक गुरूङले परियोजनाका लागि सहयोग गर्ने तमुधिं युके, अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरूङ, निवर्तमान अध्यक्ष हरि गुरूङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु गुरूङलगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरूङले पनि सिन्धुलीको विकट क्षेत्रमा खानेपानी ट्यांकी निर्माण सम्पन्न भएर हस्तान्तरण भएकोमा खुशी व्यक्त गरे । सयौं स्थानीयलाई लाभान्वित गर्ने परियोजनामा संलग्न रहेर सहयोग गर्ने अवसर पाउनु तमुधिं यूकका लागि गौरवको विषय रहेको उनले बताए ।

परियोजनामा योगदान गर्ने संयोजक डण्ड गुरूङसहित सबैलाई संस्थाको तर्फबाट अध्यक्ष जुमकाजी गुरूङले धन्यवाद दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू