एनआरएनए यूके अध्यक्षका चारमध्ये तीन उम्मेदवारबीच सहमति-एक साझा उम्मेदवार बन्ने



लन्डन- एनआरएनए यूके अध्यक्ष पदका तीन उम्मेदवार मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारीबीच मिलेर अघि बढ्ने सहमति भएको छ ।
भण्डारी, खत्री र खरेलबीच एक जना साझा उम्मेदवारका रुपमा अघि बढ्ने र अरु दुईले उम्मेदवारी फिर्ता लिने सहमति भएको जानकारी उनीहरुले नेपालीलिंकलाई गराएका छन् । तर, कसको नाममा सहमति गर्ने भन्ने तय हुन बाँकी रहेको जनाइएको छ।
‘हामी तीन जनामध्ये एक जना अघि बढ्ने र अरु दुईले समर्थन गर्दै पछि हट्ने सहमति गरेका छौं । काशीरामजी, मनिषजी वा म आफैंमध्ये जोसुकै भएपनि एक जना मात्रै अघि बढ्ने समझदारी गरेका छौं,’ अध्यक्ष उम्मेदवार खरेलले भने। भण्डारी र खत्रीले पनि नेपाली लिंकसंगको सम्पर्कमा उक्त सहमति बनेको पुष्टि गरे।
खत्री, खरेल र भण्डारीबीच एक जना अघि बढ्ने र अरु दुई जनाले समर्थन गर्ने सहमति बनेपछि अब एनआरएनए यूके अध्यक्षका लागि उनीहरुको साझा उम्मेदवारले राजेन्द्र पुडासैनीसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
एनआरएनए यूके निर्वाचन २६ जुलाइमा अनलाइन माध्यमबाट हुंदैछ । उम्मेदवारको प्रारम्भिक नामावली सोमबार सार्वजनिक भएको छ भने उम्मेदवारी फिर्ता लिने समय मंगलबार साँझ ७ बजेसम्म छ । उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन हुनेछ ।
एनआरएनए यूके निर्वाचनमा भाग लिन पाउने मतदाता ३ हजार ५ सय १ जना छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५