सोमबार, १४ जुलाइ, २०२५
22:54 | ०३:३९

एनआरएनए यूकेमा कुन पदमा कसले दिए उम्मेदवारी ? को बने निर्विरोध ? (सूची)

नेपाली लिङ्क जुलाइ १४, २०२५

एनआरएनए यूके अध्यक्ष पदका चार उम्मेदवार राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारी

लन्डन– एनआरएनए यूकेको भावी नेतृत्वका लागि अध्यक्षसहितका महत्वपूर्ण पदहरुमा आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले सोमबार प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार उम्मेदवारी दर्ताका लागि निर्धारित आइतबार साँझ ५ बजेभित्र अध्यक्षका लागि चार, दुई उपाध्यक्षका लागि पाँच र महासचिवका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द शर्मा खरेल र काशीराम भण्डारीले उम्मेदवारी दर्ता गरेका हुन् ।

उपाध्यक्षमा डा रक्षा थापा, तिलकराम भट्टराई, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आलेले उम्मेदवारी दिएका छन् । महासचिवमा पुण्य रेग्मी र दिवाकार पाण्डे उम्मेदवार छन्।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल र शशी कार्कीको उम्मेदवारी परेको छ भने वेल्सबाट कृष्ण भण्डारी र आयरल्यान्डबाट लिलाराम निउरे निर्विरोध उपाध्यक्ष बनेका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा कमला श्रेष्ठ, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्षमा दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्विरोध भएका छन् ।

दुई जना सचिवका लागि डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटासहित तीन जनाको उम्मेदवारी परेको छ।

कार्यसमितिका १२ जना सदस्यहरुमा ११ जनाको उम्मेदवारी दर्ता भएकाले सबै निर्विरोध बनेका छन् । निर्विरोध सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।

बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यको तीन ठाउँका लागि चार जनाको उम्मेदवारी परेको छ । आइसीसी सदस्यमा तुंगभद्र भुषाल, देउमान इजाम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवार छन् ।

राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डको अध्यक्षमा अहिल्या कुंवर र राममाया विष्टले उम्मेदवारी दिएका छन् । स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कंडेल निर्विरोध अध्यक्ष बनेका छन् ।

इंग्ल्यान्ड परिषदको सचिवमा नवराज न्यौपाने निर्विरोध बनेका छन् । स्कटल्यान्ड परिषदमा अरु सबै पद निर्विरोध भएपनि सचिवमा मोती खरेल र माधव भण्डारीको उम्मेदवारी परेको छ ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारहरुको नाममा दावीविरोधका लागि मंगलबार साँझ ५ बजेसम्म र उम्मेदवारी फिर्ताका लागि मंगलबार बेलुका ७ बजेसम्मको समयसीमा छ । उम्मेदवारको अन्तिम नामावली बुधबार साँझ ५ बजेसम्म प्रकाशन हुनेछ ।

एनआरएनए यूकेको निर्वाचन जुलाइ २६ का दिन अनलाइन माध्यमबाट हुनेछ ।

रामशरण सिम्खडा नेतृत्वको निर्वाचन समितिमा श्याम लुईंटेल सदस्यसचिव तथा राजन खकुराल, विमल गुरुङ र विक्रम भट्टराई सदस्य छन् ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली:

निर्वाचन समितिको सूचना:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू