मंगलबार, वैशाख ४, २०८१
14:09 | १८:५४

पोर्चुगलमा साझा पार्टीको साझा सद्भाव राष्ट्रिय समिति गठन

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०

लन्डन । युरोपियन मुलुक पोर्चुगलमा साझा पार्टीले साझा सद्भाब राष्ट्रिय समिति गठन गरेको छ । सेप्टेम्बर २३ का दिन पोलेन्द्र अधिकारीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिमा हाल ५२ जनाको समूह छ  ।

युरोपीय महादेशीय संयोजक एस के श्रेष्ठको प्रयासमा समिति गठन गरिएको अधिकारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । विज्ञप्तिमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

नवगठित समितिमा संयोजक पोलेन्द्र अधिकारी, सह-संयोजक मेजन राई, प्रवक्ता दीपक गौतम, सचिव चक्रा खड्का र उपसचिव अनिल भूषाल छन् । यसैगरी सदस्यहरुमा नवीन ढुंगाना, जीवनकुमार श्रेष्ठ, इन्द्रा श्रेष्ठ, कुबेर कार्की, राजन गौतम, प्रसान्त तिमिल्सिना चयन भएका छन् ।

साझा पार्टीले अन्तरराष्ट्रिय तवरमा १७ वटा मुलुकमा आफ्नो साझा सद्भाव राष्ट्रिय समितिको गठन गरिसकेको छ । यूके, डेनमार्क, पोल्याण्ड, जर्मन र आयरल्याण्डमा यसअघि नै समिति गठन भैसकको छ भने स्पेनमा समिति गठन प्रक्रिया अन्तिम चरणमा  पुगेको छ ।

साथै नयाँ सद्भाव सामिति गठन गर्न चाहनेहरुलाई सम्पर्क गर्न समेत यूरोप महादेशिय संयोजक श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू