शुक्रबार, वैशाख ७, २०८१
11:57 | १६:४२

युरोपको समुदायसंग सगुनका संस्थापकहरु साक्षात्कर गर्दै

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२०

लन्डन । नेपालीहरुको लगानीमा स्थापित सोसल ई-कमर्स प्लेटफर्म सगुन डटकमका संस्थापकहरुले युरोपस्थित नेपाली समुदायकका प्रतिनिधिहरुसँग प्रतक्ष्य साक्षात्कर गर्ने भएका छन् । आइतबार दिउंसो यूके समयअनुसार १ बजेदेखि लाइभ वेबिनार मार्फत अनलाइन कन्फरेन्स आयोजना गर्न लागिएको हो ।  

उक्त अवसरमा सगुनका संस्थापक गोविन्द गिरी, सह-संस्थापक कविन सिटौला, सहसंस्थापक एवं भारत अपरेसन प्रमुख स्वाती दयाल र नेपाल कन्ट्री मेनेजर आनन्द बज्रचार्य प्रमुख वक्ता रहनेछन् ।  

कार्यक्रमको संयोजन गरिरहेका सगुनका ग्लोबल कोअर्डिनेटर सूर्य  गुरुङका अनुसार कार्यक्रम हाल खुला रहेको सगुनको मिनी आइपिओमा लगानीको अवसर र सगुनबिरुद्ध फैलाइएको भ्रमबारे केन्द्रित रहनेछ ।  

सगुनका संस्थापक गिरीसहितका लिडरहरुले लगानीका अवसरका अलावा कम्पनीको अहिलेसम्मको प्रगति र भावी लक्ष्यहरुबारे पनि अपडेट गराउने ग्लोबल कोअर्डिनेटर  गुरुङले बताए ।  

त्यसअवसरमा सहभागीका प्रश्न एवम् जिज्ञासामा समेत सगुनका पदाधिकारीहरुले प्रत्यक्ष जवाफ दिनेछन् ।  

साथै, सामाजिक सन्जाल र मिडियाहरुमा उठेका सगुनसम्बन्धी कुनै पनि चासो र प्रश्नहरुमा पनि उनीहरुले स्पष्ट पार्नेछन् ।  

सगुनको मिनी आइपिओमा लगानी गर्ने अवसर सकिन केही दिन मात्रै बांकी रहँदा हुन लागेको कार्यक्रममा सहभागी हुन युरोपस्थित नेपाली समुदायमा सगुनले आव्ह्यान गरेको छ ।  

कार्यक्रममा भाग लिन ईच्छुकहरुको लागि लाइभ वेबीनार कन्फरेन्सको जुम आइडी निम्नानुनार छ-https://zoom.us/j/92230843210

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू