शुक्रबार, वैशाख ७, २०८१
07:41 | १२:२६

सन्दीप लामिछाने आबद्ध जमैका तालवाजको नवौँ खेल आज राति

जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्ने

रासस सेप्टेम्बर ५, २०२०

काठमाडौँ, २० भदौ–क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । 

ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । उक्त खेल राति १२ बजे शुरु हुने छ । बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ । 

जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ । 

सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उनले  सिपीएलमा हालसम्म सात खेलमा १० विकेट लिइसकेका छन् । 

सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा छन् । 

सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर छन्। उनले १० खेलमा १५ विकेट लिए । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमानले आठ खेलमा १३ विकेट लिएका छन् । 

प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ ।

गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू