शुक्रबार, चैत १६, २०८०
22:33 | ०४:१८

नेपालमा थप ९ मा संक्रमण, २ सय ७६ पुगे संक्रमित 

नेपाली लिङ्क मे १६, २०२०

काठमाडौं    नेपालमा शनिबार कोरोना भाइरसबाट थप ९  संक्रमित  फेला परेका छन् । 

यससंगै  नेपालमा संक्रमितहरुको  जम्मा संख्या २ सय ७६ पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए 

नयाँ संक्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष छन् । यसअघि शनिबार नै बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा संक्रमण  देखिएको थियो । 

शुक्रबार मात्र १८ संक्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू