शुक्रबार, चैत १६, २०८०
20:23 | ०२:०८

कलाकारका लागि सात हजार किलो चामल सहयोग

रासस मे १५, २०२०

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका कलाकार तथा चलचित्र क्षेत्रका प्राविधिकलाई खाद्यान्न सहयोग गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रबार २७० कलाकारका लागि छ हजार ७५० किलो चामल र ८२५ किलो दाल हस्तान्तरण गरिएको हो ।

उपलब्ध खाद्य सामग्रीबाट कलाकारले एक–एक बोराका दरले चामल र तीन किलोका दरले दाल प्राप्त गर्ने चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए । कलाकारलाई लकडाउनका कारण ठूलो समस्या परेपछि आफूले मन्त्री मानन्धरमार्फत पहल गरेको जानकारी दिँदै अधिकारीले समस्यामा परेका कलाकारलाई तत्काल खाद्यान्न उपलब्ध गराइने बताए ।

विपद्का बेला चलचित्र क्षेत्रका श्रमजीवीका लागि अतिआवश्यक खाद्यान्न उपलब्ध गराइदिएकामा चलचित्र उद्योग निकै खुशी भएको उल्लेख गर्दै उनले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफूहरुका लागि अमूल्य सहयोग भएको बताए ।

उक्त सामग्री आदिवासी जनजाति महासङ्घका ५०, नृत्य सङ्घका ४०, निर्देशक समाजका तर्फबाट सहायक निर्देशक २५ जनालाई एक–एक बोरा चामल र तीन किलोका दरले दाल उपलब्ध गराइने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू