बुधबार, वैशाख १२, २०८१
22:37 | ०३:२२

भारतबाट आएका ८ सहित थपिए ९ संक्रमित

रासस मे १५, २०२०

काठमाडौं ।  नेपालमा शुक्रबार बिहान ९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा ८ र मकवानपुरमा १ जनामा संक्रमण पाइएको हो ।

यससंगै  नेपालमा संक्रमित हुनेको जम्मा संख्या २ सय  ५८ पुगेको छ ।

बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ ।

जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले  उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । 

गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शंकास्पद ४५ जनाको स्वाब नमूना संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए   

उनका अनुसार संक्रमित  सबै भारतबाट आएका हुन् । 

उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका सम्पर्क नरहेको पाइएको छ । संक्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भएको छ । 

त्यस्तै, मकवानपुरमा भेटिएका संक्रमित ३७ वर्षीय पुरुष छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू