शनिबार, वैशाख ८, २०८१
23:35 | ०४:२०

बेलायतमा एक दिनमै १ लाख २६ हजार परीक्षण

२४ घण्टामा ४ सय २८ जनाको मृत्यु

नेपाली लिङ्क मे १४, २०२०

लण्डन । बेलायतमा पछिल्लो एकैदिनमा कोरोना भाइरस संक्रमणका १ लाख २६ हजार ६४ वटा परीक्षण गरिएको छ ।

विहीबार बिहान ९ बजेसम्मको २४ घण्टा अवधिमा गरिएको परीक्षणको यो संख्या हालसम्मकै सर्वाधिक हो ।

गत अप्रिल महिनाको अन्त्यसम्म दैनिक एक लाख परीक्षणको क्षमता विकास गर्ने लक्ष्य पूरा गरेको सरकारले त्यसयता भने अधिकांश दिनहरुमा लक्ष्यभन्दा न्यून संख्याका परीक्षण गर्दै आएको थियो ।

पछिल्लो २४ घण्टामा परीक्षण भएमध्ये ३ हजार ४ सय ४६ जनामा संक्रमण भेटिएको छ ।

हालसम्म बेलायतमा कुल १५ लाख ९३ हजार ९ सय २ परीक्षण गराइएको छ । जसमध्ये २ लाख ३३ हजार १ सय ५१ जनामा संक्रमण पाइएको छ ।

यसैगरी, कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३३ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो सात साताको अवधिमा विहीबारको दिन सार्वजनिक भएका मृत्युको संख्यामध्ये यो नै सबैभन्दा न्यून हो ।

यसैबीच, विहीबार सरकारको ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै यातायातमन्त्री ग्रयान्ट शाप्सले सर्वसाधाररणहरुलाई यथासक्य सार्वजनिक यातायातका साधन प्रयोग नगर्न अपील गरेका छन् ।

उनले सडक तथा रेलवेहरुको सुधारको लागि २ विलियन पाउण्डको कोष घोषणा गरेका छन् ।

यसअघि विहिबार मात्रै ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ ले ‘एन्टीबडी टेस्ट’ लाई मान्यता प्रदान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू