बिहीबार, ११ सेप्टेम्बर, २०२५
22:53 | ०३:३८

बेलायतको वाट्फोर्डमा जेन–जी युवाहरुको निधनमा श्रद्धाञ्जली सभा

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२५

लन्डन- नेप्लिज वाट्फोर्ड कम्युनिटी युकेको आयोजनामा वाट्फोर्डमा बस्ने नेपालीहरुले भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धबिरुद्ध प्रदर्शनीमा उत्रिएका जेन–जी युवाहरुको निधनमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

उक्त भेलामा पन्डित अर्जुन पराजुलीले स्वस्तिवाचन गरेर शान्तिको कामना गरेका थिए । स्वस्तीवाचनसंगै उपस्थित सबैले एक मिनेट मौनधारण गरे पश्चात दीप प्रज्ज्वलन गरिएको थियो । 

उक्त कार्यक्रममा नेप्लिज वाट्फोर्ड कम्युनिटी युके अध्यक्ष विष्णु पन्त, पूर्व अध्यक्ष मुकुन्द गुरुङ, सचिव राजेन्द्र थापा, अमर गुरुङ, डा. मोहन थापा, कृष्ण बजगाईं, सुदर्शन रुवाली, सञ्जय पन्त, बिनु लामिछाने लगायतले जेन–जी युवाहरुको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै नेपालमा चाँडै शान्ति आओस् भनेर कामना गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू