शुक्रबार, १२ सेप्टेम्बर, २०२५
प्रधानमन्त्री कार्कीले राष्ट्रपतिबाट लिइन् शपथ



नेपाली लिङ्क
सेप्टेम्बर १२, २०२५
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन् ।
शीतल निवासमा शुक्रबार राती आयोजित विशेष समारोहमा कार्कीले राष्ट्रपतिबाट शपथ लिएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि लगायत उपस्थित थिए ।
पूर्व प्रधानन्यायाधिश कार्की जेनजी आन्दोलनको बलमा संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५