लन्डन पशुपतिनाथ मन्दिरको धर्मसभा २१ सेप्टेम्बरमा, व्यवस्थापन समितिमा आवेदन माग (सूचना)



लन्डन- श्री पशुपतिनाथ मन्दिर लन्डनको धर्मसभा तथा सातौँ व्यवस्थापन समितिको मनोनयन यही सेप्टेम्बर २१ तारिख आइतबार हुने भएको छ।
चार्ल्टन भिलेजस्थित् ‘चार्ल्टन एसेम्बली रुम्स’ मा तय सभाले चुन्ने नयाँ व्यवस्थापन समितिको लागि आवेदन माग गरिएको छ।
मन्दिरको ट्रष्टी बोर्ड संयोजक दाशु पाण्डेले शनिबार जारी गरेको सूचनामा व्यवस्थापन समितिमा रहेर काम गर्न इच्छुक सदस्यलाई सेप्टेम्बर १५ तारिख आइतबार साँझ ५ बजेभित्र आवेदन फारम पेश गर्न आव्हान गरिएको छ।
मन्दिर व्यवस्थापन समितिको २०२५-२७ कार्यकालको अध्यक्षमा ट्रष्टी बोर्डले यसअघि नै ट्रष्टी रोमनाथ पाण्डेलाई मनोनित गरिसकेको छ।
व्यवस्थापन समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र ६ सदस्यको लागि आवेदन माग गरिएको छ। प्राप्त आवेदनहरुबाट नवमनोनित अध्यक्षको सिफारिशमा ट्रष्टी बोर्डले नै पदाधिकारीहरु मनोनयन गर्ने व्यवस्था मन्दिरको विधानमा व्यवस्था छ।
श्री पशुपतिनाथ मन्दिर, लन्डनको धर्मसभासम्बन्धि सूचना !!!
यस मन्दिरको गत ३ सेप्टेम्बर २०२५ मा सम्पन्न ट्रष्टी बोर्डको बैठकले मन्दिरको विधानबमोजिम ट्रष्टी बोर्डका सदस्य श्री रोमनाथ पाण्डेज्यूलाई आगामी कार्यकाल (२०२५ – २०२७) का लागि अध्यक्षमा सर्वसम्मत मनोनित गरेको जानकारी गराउन चाहन्छु। साथै, मन्दिर व्यवस्थापन समितिको बाँकी पदहरुको मनोनयन तथा धर्मसभा निम्न मिति, स्थान र समयमा तय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।
धर्मसभा हुने मिति :- आइतबार, २१ सेप्टेम्बर २०२५
स्थान :- Charlton Assembly Rooms, The Village, London SE7 8UD. .
समय :- बिहान ११ बजे
व्यवस्थापन समितिको मनोनयन कार्यविधि २०२५
पशुपतिनाथ मन्दिर, लन्डनको आसन्न सातौँ व्यवस्थापन समितिको मनोनयन प्रक्रियालाई पारदर्शी, स्वच्छ र विधानसम्मत ढंगले सम्पन्न गर्न आवश्यक देखिएकोले निम्नानुसार कार्यविधि तर्जुमा गरिएको छ। यो कार्यविधिको पालना गर्नु सबैको कर्तव्य हुनेछ ।
१. मनोनयन कार्यतालिका:-
क) उमेदवारी मनोनयन पत्र दर्ता : १५ सेप्टेम्बर २०२५ साँझ ५ बजे सम्म
ख) मनोनित हुने पदहरु :-
उपाध्यक्ष -१
सचिव -१
सह-सचिव -१
कोषाध्यक्ष -१
सदस्य -६
ग) आवेदन फारम शुल्क :-
उपाध्यक्ष- £२५०
सचिव- £२००
सहसचिव र कोषाध्यक्ष- £१५०
सदस्य – £१००
घ) मन्दिर व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यको उमेदवार हुन इच्छुक सदस्यहरुले निम्न प्रक्रिया र तालिका बमोजिम आगामी कार्यकालका लागि अध्यक्षमा मनोनित हुनुभएका श्री रोमनाथ पाण्डेज्यूलाई उहाँको ठेगाना 109 Charlton Lane, Charlton. SE7 8HL अथवा मन्दिरका प्रमुख संरक्षक श्री निलहरिघिमिरेज्यूलाई यसै सूचनाको साथमा उपलव्ध गराइएको फारम रितपूर्वक भरी तोकिएको समयभित्रमा पठाउनु/बुझाउनु पर्नेछ।
ङ) रितपूर्वक भरिएको फारम १५ सेप्टेम्बर २०२५ सम्ममा पठाउनु / बुझाउनु पर्नेछ।
च) उमेदवारी शुल्क भुक्तानी मनोनित अध्यक्षज्यू वा प्रमुख संरक्षकज्यूलाई नगद अथवा मन्दिरको खातामा बैंक ट्रान्सफरमार्फत गर्न सकिनेछ। बैंक ट्रान्सफर गरेको प्रमाण आवेदन फारम साथमा संलग्न गरेको हुनुपर्नेछ।
छ) कुनै पदमा आवश्यकभन्दा बढी आवेदन परेमा आवश्यकताअनुसार मनोनयन गर्न पाउने अधिकार विधानत: अध्यक्षमा निहित हुनेछ।
ज) मनोनयनसम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षको सिफारिसमा ट्रष्टी बोर्डमा निहित रहनेछ।
जय पशुपतिनाथ !!!
दाशु पाण्डे
ट्रष्टी संयोजक
श्री पशुपतिनाथ मन्दिर, लन्डन
६ सेप्टेम्बर २०२५
आवेदन फारम:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५