आइतबार, १६ अगस्ट, २०२६
शिशिर योगी र शान्तिश्रीको स्वरमा ‘मनै फरर’ सार्वजनिक (भिडियो)

नेपाली लिङ्क
नोभेम्बर २८, २०२४

काठमाडौँ – ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगी तथा चर्चित गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘मनै फरर’ सार्वजनिक भएको छ।
१० दिन अघि गायक योगीको आफ्नै अफिसियल यूट्युब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा गायक योगीकै शब्द-संगीत र सङ्गीत संयोजन साहस शाक्यको छ भने मिक्सिङ/माष्टरिङ चन्द्र चौधरीले गरेका छन् ।
गायक योगीले लामो समयपछि सरल शव्द र रोमान्टिक भावको गीत ‘मनै फरर’ सार्वजनिक गरेका हुन् ।
लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो कुलेखानी मार्कु, चित्लाङ सेरोफेरो, भेँडेचौरमा छायांकन गरिएको छ ।
हेरौं म्यूजिक भिडियो:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


