आइतबार, १४ डिसेम्बर, २०२५
13:47 | १९:३२

उपनिर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२४

काठमाडौं-निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले असोज १० गते दल दर्ताका लागि आह्वान गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १६ गतेसम्म दर्ता गर्न सकिने जानकारी दिएको छ।

त्यस्तै असोज २० गते दल स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ।

कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गते निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ।

सरकारले स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू