• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, १४ सेप्टेम्बर, २०२५
09:01 | १३:४६

भारतमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

रासस/एएनआई अप्रिल ९, २०२०
नयां दिल्ली (२७ चैत)- भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।
प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या १ हजार १३५ जना पुगेको बताइएको छ ।
पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ । भारतमा बिहीबारसम्म ५ हजार ७३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

सेप्टेम्बर १०, २०२५

जेन जी आन्दोलनका मृतकको सम्झनामा साउथ अष्ट्रेलियाको माउन्ट ग्याम्बीयरमा शोकसभा

सेप्टेम्बर १०, २०२५

शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक घटना हुनु दुखद् : एनआरएनए

सेप्टेम्बर ८, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • तमु लम परिवार यूकेको पहिलो भेलाबाट बन्यो कार्यसमिति
  • प्रधानमन्त्री कार्कीलाई मोदीको शुभकामना
  • प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल
  • जेन जी मागप्रति जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको ऐक्यबद्धता
  • जेनजी आन्दोलनमा मारिएका युवाको सम्झनामा पत्रकार महासंघ यूकेको श्रद्धाञ्जली
ट्रेन्डिङ
  • १
    बेलायतवासी गल्कोटेहरूको तथ्यांक संकलन गर्दै गल्कोट समाज यूके
  • २
    बेलायतमा नयां र पुरानो पुस्ता जोड्न एनआरएनए कप, ३९ टिमबीच प्रतिष्पर्धा
  • ३
    जेन जी प्रदर्शनमा प्रहरी दमन: भ्रष्ट नेतालाई देश निकाला गर्न एनआरएनए यूकेको माग
  • ४
    बेलायतको कार्डिफमा श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन
  • ५
    जेन जी आन्दोलनलाई जेन्स यूकेको समर्थन, प्रधानमन्त्री ओलीको राजीनामा माग

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.