• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बुधबार, ११ फ्रेब्रवरी, २०२६
17:09 | २२:५४

भारतमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

रासस/एएनआई अप्रिल ९, २०२०
नयां दिल्ली (२७ चैत)- भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।
प्राप्त समाचारअनुसार यहाँ बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या १ हजार १३५ जना पुगेको बताइएको छ ।
पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ । भारतमा बिहीबारसम्म ५ हजार ७३४ जना संक्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् । गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको पनि भारतको स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा उल्लेख गरिएको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ । त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

जापानमा हिमपातका कारण ४६ जनाको मृत्यु, ५५८ घाइते

१ दिन अगाडि

इस्लामावादमा शिया मस्जिदमा आत्मघाती बम विस्फोट हुंदा ३१ जना मारिए

फ्रेब्रवरी ७, २०२६

भौतिक र अनलाइन दुवै मतदान व्यवस्था गर्न परराष्ट्रको राय

फ्रेब्रवरी ४, २०२६

हाम्रो सिफारिस

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५
ताजा अपडेट्स
  • नैतिक प्रश्नले हल्लाइदियो बेलायती प्रधानमन्त्रीको कुर्सी
  • बेलायत र रोमानिया पठाउने प्रलोभनमा ठगी गर्ने राउत पक्राउ
  • बेलायती विश्वविद्यालयमा नेपाली विद्यार्थीले दुःख पाएपछि दूतावासको ‘एक्सन’
  • गायक बर्देवालाई लोक आधुनिक गायनतर्फ अवार्ड
  • नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
ट्रेन्डिङ
  • १
    लन्डनमा मोटरसाइकल दुर्घटनामा नेपाली युवाले गुमाए ज्यान
  • २
    बेलायतको आइएलआर पाउन १० वर्ष लाग्ने प्रस्तावबारे संसदमा बहस, सरकार आफ्नै अडानमा
  • ३
    बेलायतमा निधन भएका विद्यार्थीको शव नेपाल पठाउन चन्दा संकलन शुरु
  • ४
    ‘इन्टेक २६’ का लागि नेपालबाट छानिए ३२३ ब्रिटिश गोर्खा, प्रशिक्षणमा चांडै बेलायत
  • ५
    बेलायतमा बितेका विद्यार्थीको शव नेपाल पठाउन दुई दिनमै उठ्यो ८ हजार ६०० पाउण्ड चन्दा

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.