आइतबार, १३ जुलाइ, २०२५
09:56 | १४:४१

राष्ट्रपति पौडेलले गरे बेलायती राजाको स्वास्थ्यलाभको कामना

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२४

लन्डन। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बेलायतका राजा चार्ल्स तृतीयको स्वास्थ्यलाभको कामना गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति पौडेलले राजा चार्ल्सको शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

‘नेपाली जनता र मेरो आफ्नै तर्फबाट राजा चार्ल्सको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु’, राष्ट्रपतिले लेखेका छन्।  

यसअघि ७५ वर्षीय राजाको उपचारको क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको थियो।

उनको शिघ्र स्वास्थ्यलाभका लागि विश्वका कयौं अन्य नेताहरुले पनि  शुभकामना पठाएका छन्।  

राजा चार्ल्सलाई कस्तो क्यान्सर भएको भन्ने खुलेको छैन । तर, उनलाई प्रोस्टेट क्यान्सर भने नभएको दरबारले स्पष्ट पारेको छ। प्रोस्टेट शल्यक्रियाका लागि हालै उनी अस्पताल भर्ना भएका थिए।

राजा चार्ल्सले उपचार गरिरहंदा सार्वजनिक समारोहमा आफ्नो सहभागिता स्थगित गर्ने तर संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने बकिङहम प्यालेसले बताएको छ।

बकिङ्गम दरबारले राजा आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको पनि जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू