लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालको व्यवस्थापनमा संचालन हुँदै आएको कार्यक्रम ‘एनआरएन द सिङगर’ मा बेलायतकी युक्ती विमली टप फाएभमा परेकी छन् ।
आफू जहाँ बसेपनि नेपाली भाषा र नेपाली संस्कृतिलाई बिर्सन नहुने बताउने १७ वर्षीय युक्तीले बेलायतमा ‘ए’ लेभल गरेकी छन् । अक्टुबर १५ मा हुने ग्राण्ड फिनालेमा आफूलाई विजयी गराउन आफन्त, इष्टमित्रहरु तथा सम्पूर्ण शुभचिन्तकलाई भोट गर्न उनले आग्रह गरेकी छन् ।
उनलाई भोट गर्न खल्ती डटकममा गएर भोटिङ कोड ११५ मा भोट गर्न सकिनेछ ।
पहिलोपटक गरिएको रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि ३७ देशका तीनसय बढीको सहभागिता थियो, जसमध्येबाट उत्कृष्ट ४० जनालाई छनौट गरेर कार्यक्रम अगाडि बढाइएको थियो ।
‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल नाराका साथ ‘एनआरएन द सिङगर’ को निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट, शर्मिला बर्देवा यूकेबाट र रुपककुमार शाही अस्ट्रियाबाट छन् ।
ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् । उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् ।
भोट गर्न यहाँ क्लिक गर्नुहोला