पत्रकारहरुको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा केन्द्रीय महासचिव आउने

लण्डन- नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउने भएका छन् । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव पुरी शनिबार साँझ बेलायत आइपुग्दै छन् ।
शाखाको १२ औँ वार्षिकोत्सवको अवसर पारेर शाखाले सोही दिन एक च्यारिटी डिनर पनि आयोजना गरेको छ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सीप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ता र संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई लगायत कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।
सोही दिन शाखाले हरेक वर्ष प्रदान गर्दै आएको एफएनजे यूकेले वर्ष पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ। वार्षिकोत्सवका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोसन पुरी दुवैलाई निमन्त्रणा गरिएको भए पनि अध्यक्ष पोखरेल भने प्राविधिक कारणले केही समयपछि मात्र बेलायत आउने कार्यक्रम छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



