मंगलबार, वैशाख ३०, २०८२
23:09 | ०३:५४

चीनद्वारा अमेरिकी प्रतिवेदनको दृढतापूर्वक विरोध

रासस-सिन्ह्वा नोभेम्बर ६, २०२१

बेइजिङ । चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ र पूर्वाग्रहग्रस्त छ।

उनले प्रतिवेदनले तथाकथित “चिनियाँ सैन्य खतरा” बारे तथ्यहीन टिप्पणी गरेको र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको आरोप लगाएका छन् । 

त्यसैगरी ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उनले यो विषयलाई चीनले गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् । 

वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको जनाउंदै भनेका छन्, ‘यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन ।’

‘संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो’, वुले थपे  । उनले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको  पुनः दोहोर्‍याएका  छन् ।

ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले “ताइवान स्वतन्त्रता” खोज्ने विदेशी समर्थनका कारण भएको आरोप उनको छ ।

चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले दाबी गरेका छन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू