मंगलबार, वैशाख १८, २०८१
05:10 | ०९:५५

सुभद्रा बुढाथोकीको अध्यक्षतामा मजदुर एकता समाज युएई गठन

मलेशिया, माल्दिभ्स, भारत र नेपालमा यसअघि नै शाखा गठन

नेपाली लिङ्क नोभेम्बर १३, २०२०

युएई । नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखाको रूपमा युएईमा पनि समिति गठन गरेको छ । मलेशिया, माल्दिभ्स, भारत र नेपालमा यसअघि नै शाखा गठन भइसकेको छ । ‘मजदुरका लागि मजदुर’ भन्ने मूल नारा र उद्देश्यसहित स्थापित समाज अहिले कोभिड-१९ महामारीमा मजदुरका हकहितको लागि काम गर्दै आएको छ ।

लकडाउनको समयमा सबैभन्दा धेरै समस्या झेल्दै आएको युएईले समिति गठन हुनु पूर्व नै फ्लेक्स कम्पनीका १७ जना पीडितलाई खाने बस्ने व्यवस्थासहित स्वदेश फर्काउन महत्त्वपूर्ण भूमिका खेलेको समाजले बताएको छ ।

त्यस्तै शिव बच्चन रौनियार र अजय महतोलाई समेत लामो समय देखि समाजका युएई प्रतिनिधिहरुले व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय निकै सक्रिय र प्रभावशाली देखिएका युएईका प्रतिनिधिहरुले औपचारिक रूपमा समिति गठन गरेर नै आफ्ना गतिविधि अगाडि लैजाने निर्णयसगै समिति गठन गरिएको नव गठित समितिका महासचिव उत्तम भण्डारीले जानकारी दिए ।

भर्चुअल मिटिङबाट समिति गठन भएसगै नव गठित समितिकी अध्यक्ष शुभद्रा बुढाथोकी “सुबि” ले मजदुरका लागि मजदुर आफै नै अगाडि नसर्दासम्म श्रमिकका समस्याको उचित समाधान नहुने निष्कर्ष सहित समिति गठन गरिएको र आगामी दिनमा थप मजबुत भएर श्रमिकको हक, हित, न्यायको क्षेत्रमा आफू पनि लागि पर्ने र सिङ्गो समिति सोही ढंगले लाग्नेमा आफू बिश्वस्त रहेको बताएकी छिन् ।

नवगठित युएई कार्य समितिको अध्यक्षमा सुभद्रा बुढाथोकी “सुबि”, वरिष्ठ उपाध्यक्ष – रुपेश क्षेत्री, उपाध्यक्ष – रमेश थापा, महासचिव – उत्तम भण्डारी, सचिव – कुमार लम्साल, कोषाध्यक्ष – टीका गुरुङ “दिपा”, सह-कोषाध्यक्ष – माया सेढाई “केसी”, प्रवक्ता – राजु जम्कटेल, सदस्यहरु – नर आचार्य, बिष्णु अधिकारी, मोहन घिमिरे, सुर्य लामा गरि १२ सदस्यीय छन् ।

तीन सदस्य पछि थप गर्ने गरि युएई समिति निर्माण गरिएको समितिका प्रवक्ता राजु जम्कटेलले बताए । यस्तै नव गठित समितिलाई प्रवास समितिका तर्फबाट संयोजक प्रेमबहादुर शाही “दिलिप” ले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

त्यस्तै केन्द्रिय समितिको तर्फबाट अभियन्ता तथा महासचिव समर्पण भट्टराई र अध्यक्ष तेज बहादुर कार्कीले पनि नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा युएई समिति अझ सक्रियताकासाथ आम श्रमजीवी मजदुरहरुको निम्ति लागि पर्ने विश्वास व्यक्त गरेको प्रवक्ता विजय भुसालले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू