मंगलबार, वैशाख १८, २०८१
05:49 | १०:३४

भारतमा सक्रिय संक्रमितको संख्या घट्यो

रासस-एएनआई नोभेम्बर ११, २०२०

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सक्रिय संक्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा न्यून भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १ सय दिन यता सक्रिय संक्रमित संख्या सबैभन्दा कम भएको हो ।

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय संक्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ । 

‘संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमितहरुको संख्यामा पनि कमी आएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू