शुक्रबार, २० नोभेम्बर, २०२६
हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी राजस्व सङ्कलन

रासस
नोभेम्बर २०, २०२६

काठमाडौँ । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर रु ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ ।
मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो ।
यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले रु सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



