आइतबार, १ नोभेम्बर, २०२६
21:55 | ०३:४०

नेपाली साहित्य विकास परिषद यूकेको नेतृत्व तेश्रोपटक कोमल मल्ललाई

नेपाली लिङ्क नोभेम्बर १, २०२६

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको नयां नेतृत्व सर्वसम्मत चयन भएको छ ।

आइतबार लन्डन एक्टनस्थित एबीआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाले कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मल्लको कांधमा बेलायतको पुरानो साहित्यिक संस्थालाई तेश्रोपटक नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।

नयां कार्यसमितिमा ध्रुव केसी वरिष्ठ सह–अध्यक्ष, पाँचजना सह–अध्यक्षहरू वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएका छन् भने उपाध्यक्षमा डा. सङ्गीता स्वच्छा, महासचिवमा डा.सुधा श्रेष्ठ, सह महासचिव सुष्मा भट्टराई र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान चुनिएका छन् ।

यसैगरी कार्यकारिणी सदस्यमा वासुदेव साप्कोटा, चुनिएका छन् । २ जना कार्यकारिणी सदस्य पछि अध्यक्षले मनोनयन गर्ने गरी रिक्त राखिएको छ । यसैगरि, मिडिया कोअर्डिनेटरहरुमा नवीन पोखरेल, नरेश खापाङ्गी मगर र शिव भण्डारीलाई राखिएको छ ।

१६ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबीइ प्रमुख सल्लाहकार र सल्लाहकारहरुमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, डा. जनककुमारी धिताल, हिन्दमैञा वैद्य, कमल भण्डारी, बालजंग अर्याल, पशुपति भण्डारी र टंक भट्टराई छन् ।

यसअघि नयां कार्यसमिति चयन प्रक्रियाका लागि परिषद्का निवर्तमान अध्यक्ष हरि सिंह थापाको अध्यक्षतामा पूर्व अध्यक्ष खगेन्द्र नेपाली, मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ५ सदस्यीय निर्वाचन अध्यक्ष मण्डल गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरूको पद शुसोभन तथा प्रमाणपत्र वितरण पछि अर्को कार्यक्रममा गरिने भएको छ ।

यस अघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले वरिष्ठ कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि बुँदागत छलफल गरी पारित गरेको थियो ।

यसैगरी साधारण सभाले १५औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रमहरूमा सक्रियरूपले लागेका परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाह, कार्यसमिति पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू, परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्ने डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घन बहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, हिन्दमैया बैद्य, गोपाल पौडेल, रेशम अर्याल, मनोज अन्जान, गोकुल भण्डारी, सुष्मा भट्टराई, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतु खरेल, वाचस्पति रेग्मी, नवीन पोखरेल, शिव भण्डारी, नरेश खापाङ्गी मगर र अन्य संघसंस्थाहरु सबैको सहयोगको सराहना गर्दै धन्यवाद प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू