लन्डन इयर केयरको ब्रान्ड एम्बेसडर बने नेपाली क्रिकेटर डा. इशान पाण्डे


लन्डन । बेलायतमा नेपाली युवा व्यवसायीद्वारा सञ्चालित श्रवण सम्बन्धि क्लिनिक ‘लन्डन इयर केयर’ ले नेपाली राष्ट्रिय क्रिकेटर इशान पाण्डेलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
‘लन्डन इयर केयर’ का निर्देशक एवं क्लिनिकल अडियोलोजिस्ट राजन खकुराल र क्रिकेटर पाण्डेबीच यससम्बन्धी सम्झौतामा बिहीबार काठमाडौँस्थित रोयल ट्युलिप होटलमा हस्ताक्षर भएको हो।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए। उनले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बेलायतमा नेपाली समुदायमाझ आफ्नो सेवा विस्तार गर्दै आएको लन्डन इयर केयरले यस सहकार्यलाई श्रवण स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा नेपाली समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसँग जोडेको छ।
खेलकुदले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने भएकाले खेलाडीमार्फत स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वास लन्डन इयर केयरले लिएको छ।
क्रिकेटर इशानसँगको सहकार्यले श्रवण स्वास्थ्यको महत्त्वबारे समुदायमा जानकारी फैलाउन सहयोग पुग्ने अपेक्षा पनि कम्पनीको छ।
‘लन्डन इयर केयर र खेलाडी पाण्डेबीच भएको यो सहकार्यले नेपाली समुदायमा श्रवण स्वास्थ्यप्रति चासो बढाउन र नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा हाम्रो छ’- कम्पनीका निर्देशक तथा क्लिनिकल अडियोलोजिस्ट राजन खकुरालले भने।
कानको स्वास्थ्यलाई सामान्य रूपमा लिने र श्रवणसम्बन्धी समस्या देखिए पनि समयमै परीक्षण नगराउने प्रवृत्ति निरुत्साहित गर्न जनचेतना आवश्यक रहेको क्लिनिकको धारणा छ।
लन्डन इयर केयरले कानको परीक्षण, माइक्रोसक्सन प्रविधिबाट कानको मैन सफा गर्ने सेवा, श्रवण शक्ति परीक्षण तथा हियरिङ एडसम्बन्धी परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ।

खकुरालको व्यवसायिक फड्को
लन्डन इयर केयरका निर्देशक राजन खकुराल १६ वर्षभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। क्लिनिकल अडियोलोजिस्टका रूपमा कार्यरत उनी स्वास्थ्य सेवा क्षेत्रमा नेपाली समुदायको पहुँच र जनचेतना विस्तारमा पनि सक्रिय छन्।
सन् २०२२ मा क्वालिफाइड क्लिनिकल अडियोलोजिष्ट बनेपछि त्यही सालदेखि खकुरालले सेन्ट्रल लन्डनमा ‘ह्याम्सटेड इयर केयर’ समेत खोलेका छन् ।
स्वीस कटेज र फिन्चले रोड स्टेशन नजिक रहेको उक्त क्लिनिकका निर्देशक खकुरालले कान सफा (बेसिक क्लिन) गर्ने, कानको हेयरिङ टेष्ट, कान परिक्षण गरेपछि रिजल्टको आधारमा हेयरिङ एड (कान सुन्ने उपकरण) उपलब्ध गराउने, रिफरल वा सर्जिकल केसहरुमा अस्पताल वा जीपीतिर रिफर गर्ने काम गर्दै आएका छन् ।
व्यावसायिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय खकुरालले अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षका रूपमा पाँच वर्ष नेतृत्व गरेका थिए। विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एकताबद्ध गर्ने सामाजिक अभियानमा पनि उनको संलग्नता रहँदै आएको छ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



