ब्रिटिश गोर्खा तथा नेपाली समुदायबाट बाढीपीडितका लागि ८ लाख सहयोग


लन्डन । बेलायतको क्याट्रीक/डार्लिङटनमा रहेका ब्रिटिश गोर्खा तथा नेपाली समुदायले बाढीपीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेका छन् ।
समुदायले रसुवा–भोटेकोशी क्षेत्रका बाढीपीडितको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आठ लाख रुपैयाँ (४ हजार ९३ पाउन्ड) सहयोग गरेको हो ।
संस्थाले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न गृहमन्त्री सुदन गुरुङमार्फत हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रम गृहमन्त्री गुरुङको कार्यकक्षमा सम्पन्न भएको थियो ।
समुदायको प्रतिनिधित्व गर्दै सहयोग हस्तान्तरणमा सहभागी एनआरएनए यूके पूर्व सचिव ज्ञानेन्द्र आलेले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा योगदान दिने संस्थाका पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् ।
साथै, उनले सहयोग अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबै सहयोगी, शुभेच्छुक र सहजीकरणकर्तालाई धन्यवाद दिए ।
यस सहयोगले बाढीबाट प्रभावित परिवारको पुनर्निर्माण तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। विपत्तिका बेला मानवीय सेवाभाव, आपसी एकता र सहकार्यको महत्वलाई यस सहयोगले थप उजागर गरेको संस्थाको विश्वास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



