यूके पिटरबरोवासी भक्तराज र नृपेशको ‘मायाको परीक्षा’ सार्वजनिक


लन्डन–गायक भक्त विश्व (भक्तराज विश्वकर्मा) को आवाज तथा नृपेश उप्रेतीको रचना र कम्पोजमा ‘मायाको परीक्षा’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका हुन् ।
‘चोखो माया पिरतीले मानिसलाई जीवन मरणको दोसाँधसम्म पुर्याउने भाव लिएर स्रोतासमक्ष आएका छौँ’, गीत सार्वजनिक गर्दै गायक भक्त विश्वले भनेका छन् ‘जसलाई तपाईंको साथले अझ विशेष बनाउने छ ।’
गायक भक्त विश्व तथा गीतकार उप्रेती दुवै अहिले यूकेको पिटरबरोमा बस्दै आएका छन् । उनीहरूले यूकेमा सहकार्य गरेको यो पहिलो गीतको म्यूजिक भिडियो ‘खुशी इन्टरटेन्मेन्ट नेपाल’ तथा ‘बिआरबी संगीत’को संयुक्त नामबाट सार्वजनिक गरिएको छ ।
साथै टिकटक, फेसबुक तथा अडियो डिजिटल प्लाटफर्महरू स्पोटिफाइ, एप्पल म्यूजिक, अमेजन म्यूजिक, युट्युब म्युजिक आदिमा गीत एकैसाथ उपलब्ध रहेको ‘बिआरबी संगीत च्यानल’ले बताएको छ ।
सुमन श्रेष्ठले म्यूजिक भिडियो छायांकन तथा निर्देशन गरेको गीतमा गायक भक्त विश्वकै एकल अभिनय छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


