प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन नोभेम्बर ४–५ मा, ३८ देशका तीन सय प्रतिनिधि सहभागी हुने

लन्डन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन आगामी नोभेम्बर ४ र ५, २०२६ मा काठमाडौँमा आयोजना हुने भएको छ।
मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न ३१औँ पूर्ण बैठकले महाधिवेशनको मिति र स्थान निर्धारण गरेको हो। सचिव चानक पोख्रेलद्वारा सञ्चालित बैठकले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा मर्यादित रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित १३ वटा उपसमिति गठन गरेको प्रचार विभाग प्रमुख भक्त गुरुङले जानकारी दिए।
महाधिवेशन काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ। मञ्चले ४१ देशमा आफ्नो संगठन विस्तार गरिसकेको र हाल चार हजारभन्दा बढी संगठित सदस्य आबद्ध रहेको जनाएको छ। महाधिवेशनमा ३८ देशबाट करिब तीन सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
प्रत्येक राष्ट्रिय समितिबाट कम्तीमा एक महिलासहित दुई जना तथा महादेशीय समितिहरूबाट पाँच–पाँच जना प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय नेतृत्वसमेत चयन गर्ने अध्यक्ष पाण्डेले बताए।
मूल आयोजक समितिसहित १३ उपसमिति गठन
महाधिवेशन तयारीका लागि गठित मूल आयोजक समितिको संयोजकमा अध्यक्ष रमेश पाण्डे, सहसंयोजकमा कर्ण शाही तथा सदस्यसचिवमा चानक पोख्रेल रहेका छन्।
त्यसैगरी, सचिवालय तथा समग्र समन्वय उपसमितिमा रमेश पाण्डे संयोजक र कर्ण शाही सहसंयोजक छन्। प्रतिनिधि व्यवस्थापन उपसमितिमा कर्ण शाही संयोजक र सुरेश केसी सहसंयोजक रहेका छन्।
सांगठनिक प्रतिवेदन तथा विधान संशोधन उपसमितिको संयोजकमा चानक पोख्रेल र सहसंयोजकमा डा. सरोज कडेल, आर्थिक प्रतिवेदन उपसमितिको संयोजकमा सुरेन्द्र थपलिया र सहसंयोजकमा शालिकराम पन्त तथा सम्मेलन आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा प्रभु थापा र सहसंयोजकमा रामशरण सिँखडा रहेका छन्।
अतिथि समन्वय तथा सत्कार उपसमितिमा कुन्ती थापा संयोजक र ज्योति शर्मा सहसंयोजक, निर्वाचन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा हेमराज जोशी संयोजक र टक गुरुङ सहसंयोजक तथा मञ्च एवं प्राविधिक व्यवस्थापन उपसमितिमा कृष्ण लामिछाने संयोजक र सन्तोष भट्टराई सहसंयोजक रहेका छन्।
प्रचार व्यवस्थापन उपसमितिमा भक्त गुरुङ प्रमुख र गोविन्द पौडेल उपप्रमुख तोकिएका छन्। स्वास्थ्य व्यवस्थापन उपसमितिमा सीता केसी संयोजक र राजेन्द्र पुडासैनी सहसंयोजक तथा स्वयंसेवक एवं सुरक्षा व्यवस्थापन उपसमितिमा विजय फुयाल संयोजक र महेश गिरी सहसंयोजक रहेका छन्।
घोषणापत्र तथा अभिलेख व्यवस्थापन उपसमितिमा भक्त गुरुङ संयोजक र डा. विनोद श्रेष्ठ सहसंयोजक तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा सरस्वती केसी संयोजक र सन्तोष भट्टराई सहसंयोजक रहने व्यवस्था गरिएको छ।
समिति गठन गर्दा जिम्मेवारी नदोहोरिने गरी स्पष्ट कार्यविभाजन गरिएको मञ्चले जनाएको छ। क्षेत्रगत अनुभव र कार्यक्षमताका आधारमा जिम्मेवारी प्रदान गर्नुका साथै प्रत्येक उपसमितिलाई निश्चित समयसीमा र उत्तरदायित्व तोकिएको छ।
बैठकमा आमप्रवासी नेपालीका प्रमुख सरोकारका विषयमाथि पनि छलफल भएको थियो। नेपाली नागरिकताको निरन्तरता, सुरक्षित वैदेशिक रोजगारी तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्नुपर्ने विषय बैठकमा उठाइएको थियो।
मञ्चका केन्द्रीय सदस्य, युरोप–ओसियाना इन्चार्ज तथा निवर्तमान अध्यक्ष सञ्जय थापाले हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा ती मुद्दा उठाएका थिए। सम्बन्धित पार्टीले प्रवासी नेपालीका सरोकारलाई समर्थन गर्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा बैठकले इन्चार्ज थापासहित पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकमा पार्टीका तर्फबाट समग्र प्रवास मामिला इन्चार्ज एवं उपमहासचिव लेखराज भट्ट, युरोप–ओसियाना इन्चार्ज सञ्जय थापा तथा पूर्वी एसिया इन्चार्ज डा. सूर्य पाठकको उपस्थिति थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


