बुधबार, १६ सेप्टेम्बर, २०२६
विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने जापानको प्रतिबद्धता

नेपाली लिङ्क
सेप्टेम्बर १६, २०२६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्रीले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे ।
यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटवार्ताका क्रममा नेपाल–जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


