बिहीबार, १० सेप्टेम्बर, २०२६
बेलायतमा २६ सेप्टेम्बरमा तेस्रो काव्य-सन्ध्या: आठ कवि मञ्चमा

नेपाली लिङ्क
सेप्टेम्बर १०, २०२६

लन्डन–बेलायतमा तेस्रो पटक ‘काव्य-सन्ध्या’ हुने भएको छ । ‘साहित्य सङ्गालो’ को आयोजनामा यही २६ सेप्टेम्बरमा हुने कविता वाचनमा आठ कविले कविता सुनाउने छन् ।
सन् २०२४ मा ‘साहित्य सङ्गालो डटकम’ को आयोजनामा सुरु गरिएको काव्य-सन्ध्या बेलायतको नेपाली साहित्यिक कार्यक्रमहरूमा स्तरिय र लोकप्रिय मानिन्छ । साहित्यकार केदार सङकेतको संयोजनमा हुने कार्यक्रममा यसपटक डा. मूलवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, मुकुल दाहाल र जयालक्ष्मी राईले कविता वाचन गर्ने तय भएको छ ।
कविहरूले आफ्नो तीन-तीनवटा कविता प्रस्तुत गर्ने चलन काव्य-सन्ध्यामा रहँदै आएको छ । उक्त कविताहरू पछि साहित्य सङ्गालो डटकम नामक साहित्यिक अनलाइनमा प्रकाशित समेत गरिने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


