शनिबार, ५ सेप्टेम्बर, २०२६
09:12 | १३:५७

प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब, पाँच करोड बढी

रासस सेप्टेम्बर ५, २०२६

काठमाडौँ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू