बाढीपीडितका लागि पासा पुचः गुथि यूकेको सहयोग अभियान-पहिलो चरणमा १० लाख रुपैया


लन्डन- नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पासा पुचः गुथि यूकेले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गुथिका अध्यक्ष सुशील प्रजापति र महासचिव प्रजेश श्रेष्ठले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा पहिलो चरणमा तत्काल १० लाख रुपैया पठाउने र पछि बाँकी सहयोग पठाइने उल्लेख छ।
बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि गुथिले सहयोग अभियान अघि बढाएको जनाइएको छ।
गुथिले संकलित रकमलाई प्रभावकारी, पारदर्शी र जवाफदेही ढंगले परिचालन गर्ने जनाएको छ।
प्रारम्भिक चरणमा १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने तयारी गरिएको छ भने बाँकी रकम प्रभावित व्यक्ति तथा समुदायसम्म प्रत्यक्ष र विश्वसनीय माध्यमबाट पुर्याउने विकल्पहरू पहिचान भइरहेको वक्तव्यमा उल्लेख छ।
गुथिले राहत रकम कहाँ र कसरी प्रयोग भयो भन्ने विषयमा समुदायलाई नियमित जानकारी गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
अध्यक्ष प्रजापति र महासचिव श्रेष्ठले नेपालमा बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि सिंगो समुदायप्रति आभार प्रकट गरेका छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


