डा. दुवसु क्षेत्री र डा. युकी ईतोलाई ‘नेपाल-जापान साहित्य सम्मान २०८३’ प्रदान गरिने

काठमाडौँ । नेपाल-जापान लेखक संघले यस वर्षको ‘नेपाल-जापान साहित्य सम्मान २०८३ (इ.सं. २०२६)’ दुई प्रतिष्ठित साहित्यिक तथा सांस्कृतिक व्यक्तित्व डा. दुवसु क्षेत्री र जापानी सर्जक डा. युकी ईतोलाई प्रदान गर्ने निर्णय गरेको छ।
संघको वि.सं. २०८३ भदौ १६ गते बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो। नेपाल र जापानबीच साहित्यिक, शैक्षिक, भाषिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ र प्रगाढ बनाउन विशिष्ट योगदान पुर्याएबापत डा. दुवसु क्षेत्रीलाई सम्मान प्रदान गरिने भएको हो।
त्यसैगरी, जापानमा नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको कदर गर्दै डा. युकी ईतोलाई पनि सोही सम्मान प्रदान गर्ने निर्णय गरिएको छ।
संघका महासचिव बद्रीप्रसाद ढकालका अनुसार, दुवै सम्मान आगामी मंसिरमा काठमाडौँमा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ।
प्रत्येक सम्मानसहित एक-एक लाख रुपैयाँ नगद र सम्मानपत्र समेत प्रदान गरिने व्यवस्था छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



