शुक्रबार, २८ अगस्ट, २०२६
17:59 | २२:४४

भीषण बाढीमा परी हालसम्म पाँच सय ५३ शव फेला

नेपाली लिङ्क अगस्ट २८, २०२६


काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म पाँच सय ५३ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट पाँच सय ५३ जनाको शव फेला परेका हुन्।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।

बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू