लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक रक्षावन्धन, संकलित रकम बाढीपीडितलाई सहयोग

लन्डन- जनैपूर्णिमा पर्व शुक्रबार बेलायतका नेपालीले पनि मनाएका छन। विशेष गरी नेपालीहरुको उल्लेख्य बस्ती रहेका कतिपय क्षेत्रस्थित मन्दिरहरुमा सामूहकि रक्षाबन्धन गरिएको छ ।
लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा आयोजित सामूहिक रक्षाबन्धनमा पनि उल्लेख्य संख्याका स्थानीय नेपाली सहभागी बने ।
शुक्रबार बिहानैदेखि दिउंसोसम्ममा करिब १५ सय भक्तजनहरुले मन्दिरबाट डोरो तथा जनै ग्रहण गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिए ।
मन्दिरका पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीलगायतले उपस्थित भक्तजनहरुलाई डोरो तथा जनै वितरण गरेका थिए । साथै, मन्दिरको तर्फबाट सबैलाई प्रसाद, चियाको व्यवस्था गरिएको थियो ।
अध्यक्ष पाण्डेले रक्षाबन्धन कार्यक्रममा सहभागी सबै भक्तजन तथा पण्डितहरु, मन्दिरका ट्रष्टी एवम् कार्यसमितिका पदाधिकारी, स्वयमसेवक एवम् सबैलाई मन्दिर व्यवस्थापन समितिका तर्फबाट धन्यवाद ज्ञापन गरे।
जनैपूर्णिमाका अवसरमा मन्दिरमा संकलन भएको सबै रकम नेपालका बाढीपीडितका लागि सहयोग गरिने व्यवस्थापन मन्दिर समितिका सचिव भोजराज कंडेलले जानकारी दिए ।
त्यस्तै, सचिव कंडेलकै संयोजकत्वमा मन्दिरले सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमार्फत् बाढीपीडितलाई सहयोग पठाउने अभियान समेत सञ्चालन गरेको छ ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


