सोमबार, २४ अगस्ट, २०२६
12:53 | १७:३८

गायक तथा प्रस्तोता राजेश बर्देवा सम्मानित

नेपाली लिङ्क अगस्ट २४, २०२६


काठमाडौं–गायक तथा प्रस्तोता राजेश बर्देवा सम्मानित भएका छन् । काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ समारोहमा उनी सम्मानित भएका हुन्।

राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न ११औं संस्करणको उक्त प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ती नाडकर, वरिष्ठ गायक आनन्द कार्की लगायत अतिथि थिए। l

प्रतियोगिता दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको हो।

प्रतियोगितामा रीता तामाङ र समिक्षा शर्मा वीनर, मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित भए। ‘भ्यूअर च्वाइस’ अवार्ड भने सिर्जना घिमिरेले जितिन्।

यसैगरी प्रतियोगिताको ‘मिस ब्यूटिफुल नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनेको आयोजक दक्ष इन्टरनेशनल प्रालिका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए ।

कला, सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस्ता प्रतियोगिताले नेपाली महिलालाई आफ्नो प्रतिभा देखाउने अवसरसँगै नयाँ पहिचान र सम्भावनाको ढोका खोल्ने विश्वास तामाङले व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू