शनिबार, २२ अगस्ट, २०२६
11:56 | १६:४१

प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान

रासस अगस्ट २२, २०२६

प्रधानमन्त्री वालेन्द्र शाह

गण्डकी । परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए ।

मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू