शुक्रबार, २१ अगस्ट, २०२६
00:01 | ०४:४६

रास्वपा विधान संशोधनका लागि १५ सदस्यीय कार्यदल गठन

रासस अगस्ट २०, २०२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ छन् ।

कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सम्पन्न भएको संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू