बुधबार, १९ अगस्ट, २०२६
20:00 | ००:४५

मन्त्री हेरफेर गर्ने तयारी छैन्ः सभापति लामिछाने

रासस अगस्ट १९, २०२६

काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताएका छन् ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए । प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उनको भनाइ थियो ।

सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबिच छलफल गरिएको स्पष्ट पारे ।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उनले बताए । त्यसका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालय तथा डिलरलाई सक्रिय बनाएर आपूर्ति र वितरणको अवस्था अनुगमन गर्ने तथा समस्या समाधानको प्रयास भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू