शनिबार, १३ जुन, २०२६
बीबीसी मास्टरसेफ सन्तोष साह चेक अनादर तथा ठगी कसुरमा पक्राउ

रासस
जुन १३, २०२६

काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी शनिबार काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले राससलाई जानकारी दिए ।
उनले भने, “साहमाथि गैरीधारास्थित एक रेस्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी अहिले काठमाडौँ ल्याइएको छ ।”
५ वर्षअघि बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेपछि एकाएक सेलिब्रेटी बनेका साहले नेपाल फर्किएर मिथिला थाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । उनले भारत हुंदै बेलायत गएर लामो संघर्षपछि पाककला व्यवसायमा आफ्नो पहिचान बनाएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


