बुधबार, ३ जुन, २०२६
12:01 | १६:४६

नयाँ दिल्लीमा रवि लामिछानेले भेटे भारतीय प्रधानमन्त्री मोदी

नेपाली लिङ्क जुन ३, २०२६

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भेटपछि मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै नेपाल र भारतबीचको सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन्।

मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत इच्छुक रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, राजनीतिक सहकार्य, आर्थिक विकास तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ।

सभापति लामिछानेको यो भ्रमणलाई नेपालमा नयाँ राजनीतिक नेतृत्व उदाएपछि भारतको सम्बन्ध विस्तार गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।

लामिछाने जुन १ देखि पांच दिने भारत भ्रमणमा छन् र यो उनको पार्टी सत्तामा आएपछिको महत्वपूर्ण विदेश भ्रमण मानिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू