शनिबार, २ मे, २०२६
15:58 | २०:४३

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

नेपाली लिङ्क मे २, २०२६

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपतिले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू