बिहीबार, ३० अप्रिल, २०२६
22:53 | ०३:३८

देश छाड्नु पर्दाको पीडा गीतमा अभिव्यक्त (भिडियोसहित)

नेपाली लिङ्क अप्रिल ३०, २०२६


लन्डन । भीमेश्वर नगरपालिका २ दोलखा घर भई हाल यूकेमा बसोबास गर्दै आएका सर्जक सत्यकृष्ण श्रेष्ठले आफ्नै शब्दमा तयार पारेको ‘दोलखा कलिङ्ग’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

केही साताअघि सार्वजनिक गरिएको यस गीतले घरको सम्झना र परदेशिनु पर्दाको पीडा चित्रण गरेको छ ।

‘समयसँगै गाउँ खाली हुँदै जान्छ, घरहरू सुनसान हुन्छन् तर सम्झनाहरू कहिल्यै मर्दैनन्’, रचनाकार सत्यकृष्ण श्रेष्ठ गीतबारे भन्छन्, तपाईं जति टाढा गए पनि घरले सधैं फर्किन बोलाइरहन्छ । तर, हामी कहिल्यै फर्कन सकेनौं ।’

रेजिना चौलागाईं र ओस्ला युट्युब च्यानलबाट सार्वजनिक यस गीतको भिडियो छायाङ्कन रञ्जनराज श्रेष्ठले गरेका हुन् भने संगीत एआई प्रविधिबाट तयार गरिएको हो ।

भिडियोमा अंग्रेजी, द्वाल्खा नेपाल (नेवार) र नेपाली खस भाषा समावेश छ ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू