२५ वर्षीया रुबी उपसभामुखमा भारी मतले निर्वाचित



काठमाडौं—श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्।
शुक्रबार प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा उनको पक्षमा जम्मा २२९ मत खसेको थियो भने विपक्षमा ५ मत र तटस्थमा २२ मत खसेको थियो । उनकी प्रतिस्पर्धी राप्रपाकी सरस्वती लामाले पाँच मत पाइन्।
ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो भने नेकपा (एमाले) तटस्थ थियो।
सभामुख अर्यालले ठाकुर अत्यधिक बहुमतले निर्वाचित भएको घोषणा गरे।
धनुषामा जन्मिएकी २५ वर्षीया ठाकुर सामान्य परिवारबाट राजनीतिमा आएकी हुन्। उनका बुवा वैदेशिक रोजगारीको लागि साउदी अरबमा छन् भने आमा गृहिणी हुन्।
उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी छन्। जेनजी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी ठाकुर युवा पुस्ताको प्रतिनिधित्व गर्दै उपसभामुख बनेकी हुन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


