बिहीबार, २ अप्रिल, २०२६
21:53 | ०२:३८

हर्कले संसदमा पहिलो सम्बोधनमै उठाए गोर्खा मुद्धा

नेपाली लिङ्क अप्रिल २, २०२६


काठमाडौ – राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङले भूतपूर्व गोर्खाहरुको मुद्धा सुल्झाउन नेपाल सरकारको ध्यानकर्षण गरेका छन्।

विहिवार शुरु भएको नवनिर्वाचित संसदको अधिवेशनअन्तर्गतको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले गोर्खा मुद्धाबारे आवाज उठाएका हुन्।

नेपालबाट सरकारस्तरमै भएको सम्झौताअनुसार बेलायती सेनामा भएका भर्ती भएका गोर्खाहरुको समान पेन्सनको माग पूरा गराउनुपर्ने साम्पाङको धारणा थियो।

उनले गोर्खाहरुको नेपाली नागरिकता कायम गरेर उनीहरुको अधिकार सुनिश्चित गरिनुपर्ने बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू