आइतबार, १७ मे, २०२६
09:23 | १४:०८

प्रधानमन्त्री नियुक्त भए बालेन्द्र शाह

नेपाली लिङ्क मार्च २७, २०२६

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको थियो। सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू