शुक्रबार, २० मार्च, २०२६
11:56 | १७:४१

नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते

नेपाली लिङ्क मार्च २०, २०२६

काठमाडौँ, चैत ६ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।

उक्त दिन दिउसो २ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदलाई शपथका लागि आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम आह्वान गरिएको सूचनामा शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रहित उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू