सोमबार, ९ मार्च, २०२६
05:02 | १०:४७

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको वर्चस्व: १२० क्षेत्रमा जित

रासस मार्च ८, २०२६

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएको छ ।

आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ ।

त्यसमध्ये रास्वपाले २५ लाख ६२ हजार ९५१, कांग्रेसले आठ लाख ६४ हजार १९४, एमालेले सात लाख ४४ हजार ०४६, नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले तीन लाख ५३ हजार २७३ र श्रम संस्कृति पार्टीले एक लाख ३४ हजार २१ मत प्राप्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू