परोपकारी कार्यका लागि धरान समाज यूकेको ‘फण्ड रेजिङ डिनर नाइट’



लन्डन । धरान समाज यूकेले २८ फेब्रुअरी सांझ ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम गरेको छ ।
धरान समाज यूके अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय सहभागी थिए ।
उक्त कार्यक्रममा विभिन्न नृत्य, अक्सन, राफल ड्र र बस्कर्स व्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी थिए समाजका संस्थापक अध्यक्ष राजन लिम्बु । वक्ताहरु समाजका ज्येष्ठ सदस्य तथा सल्लाहकार पदम राई, ह्याम्पसायर पुलिस कन्सटबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, जेनजी प्रतिनिधित्व गर्ने स्वेताङ तामाङ एवं सामाजिक अभियन्ता लक्ष्मी राई (लारा) ले समाजले गृह जिल्ला र बेलायतमा गरेका परोपकारी गतिविधि प्रशंसनीय रहेको बताए ।
उनीहरुले बेलायत बसेपनि मन, मष्तिस्क र दायित्व मातृभूमिकै लागि हुनुपर्ने धारणा समेत राखे ।
समाजका अध्यक्ष निकेश लिम्बुले सहभागी सबै आगन्तुक र अतिथीहरुप्रति धन्यवाद दिंदै संस्थाको कोष अभिवृद्धि गर्न सके आफैंले केही परोपकारी कार्य गर्न सकिन्छ भन्ने उद्देश्यसहित ‘फण्ड रेजिङ डिनर नाइट’ गरिएको बताए ।
अध्यक्ष लिम्बुले विगतमा पनि समाजले धेरै परोपकारी काम गर्दै आएको बताउंदै सबै सदस्यहरुको सहयोग र विश्वास नै समाजको शक्ति रहेको बताए । उनले समाजका सदस्यहरुलाई निरन्तर सहयोगका लागि अनुरोध समेत गरे ।
पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव बल्लभ गुरुङ र दोश्रो चरणको सांस्कृतिक तथा अन्य कार्यक्रम उपाध्यक्ष पविन राईले सञ्चालन गरेका थिए ।
वर्तमान निकेश लिम्बुको नेतृत्वमा रहेको कार्यसमितिले २६ औं बुढा सुब्बा गोल्ड कप आयोजना गर्न पूर्व अध्यक्ष तथा सल्लाहकार राजु लिम्बुको संयोजकत्वमा रु ८ लाख ४५ हजार ३४५ संकलन गरि धरान पठाएको थियो।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


